नेपाली भूमिबाट भारतीय फौज तुरुन्त हटाउ : लोकतान्त्रिक पार्टी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लोकतान्त्रिक पार्टीले लिम्पियाधुरा, कालापानीबाट भारतीय सीमा सुरक्षा बललाई तुरुन्त हटाउन प्रधानमन्त्रीसँग माग गरेको छ । 

बिहीबार सिंहदरबार पुगेर लोकतान्त्रिक पार्टीले लम्पियाधुरा लगायत नेपाली भू-भागमा रहेका भारतीय सुरक्षा फौजलाई कूटनीतिक पहल गरी तत्काल हटाउन प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो । 

नेपाली भूमिबाट भारतीय फौज तुरुन्त हटाउ : लोकतान्त्रिक पार्टी

नेपाली भूमिबाट भारतीय फौज तत्काल हटाउनुपर्ने, नेपालले पनि सीमा सुरक्षा बल राख्नुपर्ने, नेपालको नक्शा तुरुन्त सार्वजनिक गर्नुपर्ने लगायत माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको महासचिव देवबहादुर दुराले जानकारी दिए । उनका अनुसार सीमा सम्बन्धी तथ्यगत ऐतिहासिक दस्तावेज सार्वजनिक गर्न, भावीपुस्ताले सीमा सम्बन्धी विवाद कहिल्यै नभोग्ने गरी समाधन खोज्न र सरकारको तर्फबाट उच्चस्तरीय आयोग गठन गरी प्रभावकारी कूटनीतिक पहल गर्न माग राखिएको छ ।


उक्त पार्टीले नेपालको सीमाभित्र रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रहरु सुगौली सन्धिपश्चात पनि नेपालकै भू–भाग रहेको प्रस्ट पारेको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?