कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

धरानमा २३ जनाको मनोनयन

कान्तिपुर संवाददाता

विराटनगर — धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख, संखुवासभाको मकालु गाउँपालिका अध्यक्षसहित विभिन्न स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनका लागि दलका साथै स्वतन्त्र उम्मेदवारले बुधबार मनोनयनपत्र दर्ता गरेका छन् । 

धरान उपमहानगरको प्रमुखका लागि २३ जनाले उम्मेदवारी दिएका छन्, त्यसमा ११ जना स्वतन्त्र छन् । तत्कालीन एमालेबाट विजयी तारा सुब्बाको ०७५ साउन १ गते निधन भएपछि उपमहानगरपालिका १६ महिनादेखि प्रमुखविहीन छ । नेकपाका प्रकाश राई, कांग्रेसका तिलक राई, समाजवादी पार्टीका गजेन्द्र इस्बो, राष्ट्रिय जनमुक्ति पार्टीका गोकर्ण राई, संघीय लोकतान्त्रिक मञ्चका अम्बरबहादुर इजम लिम्बू, राप्रपा (कमल थापा) का रोशन विक, राप्रपा (संयुक्त) का कुमार बराइली, नेपाल लोकतान्त्रिक पार्टीका नित्यराज काफ्लेले मनोनयन दर्ता गरेका छन् ।


त्यसैगरी साझा पार्टीका राजनकुमार श्रेष्ठ, राप्रपा लोकतान्त्रिकका भीमबहादुर लिम्बु, आमूल परिवर्तन मसिहा पार्टीका छत्रबहादुर विश्वकर्मा, नेकपा (माले) का एकराज सुब्बाले पनि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एलिसा राई, हर्कराज राई, दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, दिनेश श्रेष्ठ, कुमार भट्टराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई, रुद्र बस्नेत र विशाल थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्वाङ, कांग्रेसका बृजहाङ आङदेम्बे, समाजवादी पार्टीका विमला आङदेम्बे, राप्रपाका ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तका मणि लिम्बू, मंगोल नेसनल अर्गनाइजेसनका उदय मुखिया सुनुवार, संघीय लोकतान्त्रिक मञ्चले जितेन चेम्जोङ र जनमुक्ती पार्टीका इच्छाबहादुर चेम्जोङको उम्मेदवारी दर्ता गराएका छन् ।


संखुवासभाको मकालु गाउँपालिका अध्यक्षका लागि नेकपाका तेजबहादुर पोखरेल, कांग्रेसका विमन पराजुली, संघीय समाजवादीका नर्बु शेर्पा, राप्रपा नेपालका मेघनाथ राई, राप्रपा संयुक्तका मनबहादुर विश्वकर्मा र संघीय लोकतान्त्रिक मञ्चका कविता राईको उम्मेदवारी परेको छ ।


प्रकाशित : कार्तिक २८, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?