३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

थबाङमा चन्द समर्थित उम्मेदवार वडा अध्यक्षमा उठ्ने

काशीराम डाँगी

रोल्पा — मंसिर १४ मा हुने उप निर्वाचनमा रोल्पास्थित थबाङ गाउँपालिका-१ को वडा अध्यक्षका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । बुधबार मनोनयन दर्ता गराउनेमा गत स्थानीय तहको निर्वाचनमा उक्त वडामा निर्वाचित एक जना वडा सदस्य समेत छन् । 

थबाङमा चन्द समर्थित उम्मेदवार वडा अध्यक्षमा उठ्ने

सरकारले गतिविधिमा प्रतिबन्ध लगाएको चन्द समूहका एक जना समर्थकले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्ष पदको निर्वाचनका लागि उक्त वडामा निर्वाचित सदस्य भद्रकुमार झाँक्रीले मनोनयन दर्ता गराएका हुन् । उनले अध्यक्षका पदमा उठ्‌नका लागि सदस्य पदबाट राजीनामा पनि दिएका छन् ।

लामो समय सहमति जुराएर निर्वाचन गर्ने प्रयास भएपनि सहमति नमिलेपछि सत्तापक्षीय दल नेकपाका जनकबहादुर बुढामगर र कांग्रेसका कलम रोकामगरले पनि वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

उक्त वडाका अध्यक्ष फर्कबहादुर बुढामगरको गत असार ६ मा मस्तिष्क घातका कारण मृत्यु भएको थियो । गत स्थानीय तहको निर्वाचनमा सो वडामा चन्द समूहको उम्मेदवारको पूरै प्यानल विजयी भएको थियो ।


थबाङमा चन्द नेतृत्वको नेकपाको बाक्लो प्रभाव भएको बताइन्छ । उप निर्वाचन सम्पन्न गर्न थबाङमा सरकारले उच्च सुरक्षा व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालसहितका अधिकारीहरुले थबाङको सुरक्षा व्यवस्था मिलाउन पटक पटक स्थलगत अनुगमन गरेका छन् ।

थबाङ-१ मा करिब एक हजार २ सय मतदाता छन् ।

प्रकाशित : कार्तिक २७, २०७६ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?