१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला अदालत ललितपुरले मृगौला तस्करीको आरोप लागेका ५ जनालाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको छ ।

मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालतले निदान अस्पतालको मृगौला प्रत्यारोपण समितिका चार सदस्यसहित मृगौला लिने शंखरलाल लामालाई पनि थुनामा पठाउन आदेश दिएको हो ।


समितिमा अस्पतालको प्रशासन प्रमुख विपेन्द्र प्रधान, अस्पतालका चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र आले अनि अस्पतालका कानूनी सल्लाहकार कुमुदकुमार भट्टराई थिए ।


उनीहरुमाथि बदनियतका साथ फोटो फेरेर नाता नपर्ने व्यक्तिको मृगौला प्रत्यारोपण गराएको आरोप थियो । अनि प्रहरीले मृगौला लिने बिरामी शंकरलाल लामा, उनका छोरा शिशिर सागर योञ्जनलाई पनि प्रतिवादी बनाएको छ ।


लामा र योञ्जनले प्रलोभनमा पारी बबरमहल दुईबाट मृगौला किनेको आरोप थियो । अनि बिरामीका भान्जा सञ्जिव घिसिङमाथि आफूले मृगौला दिने भनी सक्कल कागजात उपलब्ध गराएको आरोप छ ।


शिशिरकी पत्नी बिन्दा तामाङमाथि मृगौला किनेको पैसा उपलब्ध गराएको अभियोग थियो । सञ्जिवको दिदी रेणुमाथि झूटो विवरण दिइ गलत व्यक्तिको साक्षी बसेको आरोप छ । उनीहरुमाथि १० वर्ष कैद र क्षतिपूर्तिको माग दाबी छ ।


यो पनि पढ्नुहोस्ः

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजना पक्राउ

प्रकाशित : कार्तिक २७, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?