२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा सापकोटा नियुक्त

जगदीश्वर पाण्डे

काठमाडौँ — परराष्ट्र मामिला सम्बन्धी एकमात्र सरकारी थिंक ट्यांकका रुपमा रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटा नियुक्त भएका छन् । 

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा सापकोटा नियुक्त

इन्द्रा अधिकारीले केहि समयअघि उक्त पदबाट राजीनामा दिएपछि उक्त पद खाली थियो ।

सापकोटालाई परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो । सापकोटालाई बुधबार मन्त्रालयले बोलाएर नियुक्त पत्र हस्तान्तरण गरेको छ । प्रतिष्ठानको कार्यकारी निर्देशकमा राजेश श्रेष्ठ छन् ।

सापकोटाले चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी गरेका छन् । उनको स्नाकोत्तर पनि अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा नै हो । ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’ मा विद्यावारिधी हासिल गरेका सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँछन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् ।

विगत एक दशकदेखि सघन अध्ययन–अनुसन्धानमा लागेका सापकोटाले अनुसन्धात्मक जर्नलमा प्रकाशित आलेखका अलवा मूलधारका पत्रपत्रिकामा अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक मामिला एवं राष्ट्रिय सुरक्षा लगायतका रणनीतिक विषयहरुमा निरन्तर लेखहरु प्रकाशित गर्दै आएका छन् । सापकोटाले विभिन्न विश्वविद्यालयमा सिनियर भिजिटिङ स्कलर एवं रिर्सच फेलोका रुपमा पनि काम गरेका छन् ।

नेपाल–चीन मामिलाका विज्ञ सापकोटा चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

सापकोटा वैदेशिक मामिला सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामहरुको अध्ययन–अनुसन्धान गर्ने र यस क्षेत्रमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे अवधारणा तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा महत्वपूर्ण योगदान दिने गरी काम गर्ने सापकोटाले कान्तिपुरसँग बताए ।

‘वैदेशिक मामिला सम्बन्धी अल्पकालीन तथा दीर्घकालीन नीति तर्जुमा गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धका विभिन्न आयामहरुको अध्ययन–अनुसन्धान गर्ने र यस क्षेत्रमा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिबारे अवधारणा तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्न लागि पर्ने छु,’ उनले भने । उनले प्रतिष्ठानलाई गति दिने आफ्नो पक्षबाट कुनै कसर नछाड्ने बताए ।

‘आगामी मार्चमा नेपाल सरकारले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ लाई सफल बनाउन लागि पर्ने छौं,’ उनले भने ।


सापकोटा नेकपाका नेता अग्नी सापकोटाका छोरा हुन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?