१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कारको मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय

जनकराज सापकोटा

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले राजधानीको दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कार घटनाको मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय सुनाएको छ । अदालतले उक्त घटनामा संग्लन विकास गौतम र दीपक श्रेष्ठलाई जनही १४ महिना कैद सजाय हुने ठहर गरेको छ । 

दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कारको मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले कात्तिक २१ मा उनीहरूविरुद्ध सजायको फैसला गरेको हो । इजलासले बलात्कारका अभियुक्तबाट पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । बलात्कारमा परेकी २२ वर्षकी युवती उक्त घटनाको करिब सात महिनाअघि शैलेशसँग फेसबुकमार्फत जोडिएकी थिइन् । फेसबुकबाट भएको भेटघाट प्रेममा परिणत भएको थियो । प्रेमीको भर परेर उनी होटलमा बस्न पुगेका बेला सामूहिक बलात्कारको सिकार भएकी थिइन् । ०७४ माघ ७ गते भएको सामूहिक बलात्कारको घटना प्रहरी मिलेमतोमा गुपचुप पारिएको थियो । राजनीतिक प्रभाव र आर्थिक प्रलोभनमा पारेर गुपचुप पारिएको घटनाबारे कान्तिपुर दैनिकले खोतलेपछि प्रकरण सतहमा आएको थियो । घटनामा संलग्न भएका चारमध्ये विकास र दीपक ठेक्कापट्टामा संग्लन भएको र उनीहरूको राजनीतिक पहुँचसमेत भएको आधारमा प्रहरीले मुद्दा दर्ता नगरी आर्थिक लेनदेनका आधारमा घटना सामसुम पार्ने प्रयत्न गरेको थियो । प्रहरी परिसर काठमाडौंले वृत्तका डीएसपी, इन्सपेक्टरको जिम्मेवारी खोस्दै घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।


प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा घटनाको चार दिनपछि दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीकै सक्रियतामा पीडित युवतीकी आमालाई २७ लाख रुपैयाँ हातैमा थमाइएको थियो । बिचौलियाले तीन लाख रुपैयाँ लिएका थिए । प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालयले छुट्टाछुट्टै गरेको अनुसन्धानले उक्त घटनामा तत्कालीन डीएसपी तिलक भारतीको भूमिकासमेत शंकास्पद देखाएको थियो । घटना विवरण बताउने क्रममा सामूहिक बलात्कारपछि आफूलाई युवाहरूले नग्न बनाएर भिडियो खिचेको समेत पीडितले बताएकी थिइन् ।


यो पनि पढ्नुहोस्:

‘सामूहिक बलात्कार’ प्रहरीद्वारा गुपचुप

सामूहिक बलात्कार प्रकरण : ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

दरबारमार्ग बलात्कार प्रकरण : शैलेशसहित ४ विरुद्ध किटानी जाहेरी

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

दरबारमार्ग बलत्कार प्रकरण: मिलापत्रमा तीन लाख खर्च

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य प्रतिवादी पक्राउ

प्रकाशित : कार्तिक २७, २०७६ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?