नारायणगढ-बुटवल सडक ४ लेनको बनाउन ४६ हजार रुख काट्ने अनुमति

नारायण शर्मा

नवलपरासी — वन मन्त्रालयले महेन्द्र राजमार्गअन्तर्गत बुटवल नारायणगढ खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ हजार रुख काट्न अनुमति दिएको छ । 

नारायणगढ-बुटवल सडक ४ लेनको बनाउन ४६ हजार रुख काट्ने अनुमति

वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई गत सोमबार पत्र पठाएर सडक फराकिलो पार्न रुख कटान गर्न आवश्यक रहेको भनेपछि सोही परिमाणको रुख काट्ने अनुमति दिइएको हो । अनुमतिलगत्तै सडक निर्माण अघि बढ्ने भएको छ । त्यसबाहेक महेन्द्र राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रिया अघि बढाइसकेको बुटवल नारायणगढ सडक पूर्वि खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए ।


सडक निर्माणको जिम्मेवारी पाएको चाइनीज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले (सिएससिईसी) रुख काटेर चाँडो काम गर्ने जानकारी दिएको छ । बुटवल-नारायणगढ खण्डको दायाँबायाँ पर्ने विद्युत्‌का २४ सय वटा पोल हटाउन पर्ने भएकाले त्यसका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ ।


अहिले दुई लेनको सडक दायाँबायाँ पर्ने २४ सय विद्युत्‌ पोल हटाउँदा दीर्घकालसम्मका लागि समस्या नआउने गरी प्राधिकरणले ३३ केभी र ११ केभीका ५ वटा सर्किट बनाएर काम अघि बढाउन ५२ करोड लागत अनुमान मूल्यांकन गरेर पठाइएको नेपाल विद्युत प्राधिकरण कावासोतीका प्रमुख मधुसुधन यादवले जानकारी दिए ।


पूर्वी नवलपरासीतर्फ सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट सुरु गरिएको हो । गैंडाकोटबाट दाउन्नेसम्म पहिलो खण्डमा काम सुरु गरिएको हो । ११४ किलोमिटर सडक खण्डको काम दाउन्ने-गैंडाकोट खण्ड र दाउन्ने-बुटवल खण्ड गरी दुई समूहमा बाँडेर एकैचोटी काम सुरु गरिएको हो ।


जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क्षेत्रमा सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि वन मन्त्रालयले ढिलाइ गरिरहेको छ । सडक क्षेत्रमा पर्ने रुख कटान गर्ने र बिजुलीका पोल सार्ने काममा मन्त्रालयसँग समन्वय भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीले जानकारी दिए । उनले ती दुवै मन्त्रालयले जति छिटो काम गर्ने अवस्था बनाइदिन्छन् त्यति चाँडो सडक निर्माण काम धमाधम बिस्तार हुने जनाए ।

प्रकाशित : कार्तिक २७, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?