कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्थानीय तहको उम्मेदवारी दर्ता आज

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर १४ मा हुने उपनिर्वाचनका लागि स्थानीय तहका रिक्त पदमा मंगलबार उम्मेदवारी दर्ता हुँदै छ । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

स्थानीय तहको उम्मेदवारी दर्ता आज

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाका रिक्त अध्यक्ष पदमा निर्वाचन हुँदै छ ।


हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ । यसबाहेक विभिन्न ३४ जिल्लाका ४० स्थानीय तहमा रिक्त विभिन्न वडाका ४३ अध्यक्षको पनि उपनिर्वाचनबाट पदपूर्ति गरिँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानको उपनिर्वाचन हुने दिन एकैसाथ स्थानीय तहको पनि उपनिर्वाचन हुन लागेको हो ।


प्रकाशित : कार्तिक २७, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?