सीमा विवादमा सरकार गम्भीर भएनः देउवा
मकवानपुर — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सीमा विवाद सुल्झाउन वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
हेटौंडामा मंगलबारबाट सुरु भएको नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षणको उद्घाटन गर्दै सभापति देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँगको सीमा विवाद सुल्झाउन कुनै पनि किसिमको पहल नगरेको पनि आरोप लगाएका छन् ।
‘कालापानी नेपालको हो । राजा महेन्द्रले भारतलाई प्रयोग गर्न दिएको विषयमा हामीलाई जानकारी भएन । लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशी भू–भाग हो । यस विषयमा कांग्रेसको भनाई स्पष्ट छ’ उनले भने ।
सीमा विवाद आन्दोलन र जुलुसबाट समाधान नहुनेभन्दै वार्ताबाट समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रकाशित : कार्तिक २६, २०७६ १७:४२प्रतिक्रिया