कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटस्थित सीमा प्रहरी चौकीमा ‘भारतीय’द्वारा बम विस्फोट, एक प्रहरी जवान घाइते

सीमाक्षेत्रमा उच्च सतर्कता
शिव पुरी

रौतहट — रौतहटको इशनाथ नगरपालिका–४ मा रहेको मठिया प्रहरी चौकीमा मंगलबार दिउँसो साढे १२ बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चौकीमा सेन्ट्री बसेका प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनलाई बमको छर्राले समान्य चोट लागेको छ । 

रौतहटस्थित सीमा प्रहरी चौकीमा ‘भारतीय’द्वारा बम विस्फोट, एक प्रहरी जवान घाइते

बम प्रहार गरेर बीआर०५एच६५०९ नम्बरको मोटरसाइकलमा भाग्दै गरेका भारतीय नागरिक चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । विस्फोट गराएर भाग्दै गरेका भारतको विहार राज्यस्थित ढाकाका कुमारलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई सोही चौकीमा कार्यरत सुरक्षाकर्मीले पक्राउ गरेको हुन् ।


चौकीमा बम विस्फोट भएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले पुष्टि गरेका छन् । ‘चौकीमा बम प्रहार गर्दा एक जवान घाइते भए,’ उनले भने, ‘बम फालेर भागेका भारतीय नागरिकलाई पक्रन सफल भएका छौं । उनी बारे अनुसन्धान भइरहेको छ ।’ एसपी खत्रीका अनुसार विस्फोटमा संलग्न अर्का एकजना भने फरार भएका छन् । उनको खोजी भइरहेको छ ।


घटना पछि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने घटनास्थलतर्फ जिल्लाबाट थप मद्धत टोली पठाइएको छ । चौकीमा प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा ११ जना सुरक्षाकर्मी तैनाथ थिए ।


प्रकाशित : कार्तिक २६, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?