२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बंगलादेशी राष्ट्रपति हमिदको ४ दिने व्यस्तता, ‘आउनासाथ भक्तपुर दरबार स्क्वायर’

देवेन्द्र भट्टराई

काठमाडौँ — बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार दिउँसो काठमाडौं उत्रनासाथै भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कनेछन् । विमान बंगलादेशको विशेष उडानबाट मंगलबार दिउँसो १२:४५ मा काठमाडौं उत्रने राष्ट्रपति हमिदको विमानस्थलमा हुने गार्ड अफ अनरमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकी छिन् ।

बंगलादेशी राष्ट्रपति हमिदको ४ दिने व्यस्तता, ‘आउनासाथ भक्तपुर दरबार स्क्वायर’

राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी विमानस्थल पुग्नेछन् ।


राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लागेका राष्ट्रपति हमिदको इच्छाअनुसार मंगलबार अपरान्ह ३ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमणमा लगिने भएको छ । ४ दर्जनभन्दा बढीको प्रतिनिधिमण्डल लिएर आउने राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री शिष्टाचार भेटघाटबाहेक बिहिबार पोखरा र शुक्रबार चन्द्रागिरी केबल कारको अवलोकन भ्रमण गर्ने भएका छन् ।


बंगलादेशका १९ औं राष्ट्रपति हमिद यसअघि बंगालादेशको नेशनल पार्लियामेन्टमा सभामुख थिए । ७५ वर्षीय राष्ट्रपति सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनदेखि सक्रिय राजनीतिमा रहीआएका थिए ।

प्रकाशित : कार्तिक २६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?