पूर्वी सीमा पनि अस्तव्यस्त

कान्तिपुर संवाददाता

इलाम — जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षले दशगजाभित्रै आएर संरचना बनाइरहेको छ । सीमा चेकपोस्टदेखि एसएसबीका क्याम्पसम्म दशगजामै छन् । एसएसबीले सीमा विवाद झिक्दै नेपाली भूमिमा हुने विकास निर्माणका काममा समेत अवरोध गर्ने गरेको छ ।

कालपोखरी, मानेभन्ज्याङ, गुफापातल, छब्बिसेलगायत स्थानमा दसगजा मिचिइसकेको छ । सीमानाका पशुपतिनगरको फाटकस्थित भारतीय चेकपोस्ट दशगजामै छ । सडक, एसएसबीका क्याम्प पनि भारतले एकलौटी रूपमा बनाइरहेको छ । ‘भारतीय पक्षले सीमा वास्ता नगरी पूर्वाधार बनाउने अनि नेपाली पक्ष टुलुटुलु हेर्नुपर्ने अवस्था छ,’ सन्दकपुरका पेमाडन्डु शेर्पाले भने ।

जिल्लाको अधिकांश सीमा क्षेत्रमा भारतको सिंहलीला नेसनल पार्क छ । वन विभागले वन मासेर मासेर संरचना बनाउन नदिने भन्दै भारतले दशगजा मिच्न थालेको हो । यसअघि हिले, पुलखोलालगायतमा पनि सीमा अतिक्रमण भएको थियो । तर, स्थानीयस्तरबाट निकै प्रतिवाद भएपछि भारतीय पक्ष पछि हटेको थियो ।

सीमामा भारतले ३/४ किलोमिटरको अन्तरमा सुरक्षा फौज राखेको छ । नेपालतर्फ भने पशुपतिनगरमा एउटा बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) मात्र छ ।

छब्बिसे, मानेभन्ज्याङ र सन्दकपुरमा सशस्त्रको बीओपी क्याम्प बस्ने भनिए पनि अझै बसिसकेको छैन । मानेभन्ज्याङमा सीमा प्रहरी चौकी, जौवारी र कालपोखरीमा प्रहरी चौकी छन् । स्थानीयले भारतले जसरी नै धेरै स्थानमा सशस्त्र प्रहरी पोस्ट राख्न माग गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ०७:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एकताको मुख्य काम सकियो, पोलिटब्युरो गठन मात्र बाँकी

बबिता शर्मा

काठमाडौँ — नेकपाले पार्टी एकताको करिब १८ महिनापछि संगठनात्मक संरचना एकीकरणको मुख्य काम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय आयोगहरू, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व तोकेसँगै पोलिटव्युरो गठनबाहेकको एकीकरण सकिएको हो ।

केन्द्रीय समितिको एक तिहाइ संख्या पोलिटब्युरोमा रहने विधानमा व्यवस्था छ । केन्द्रीय समिति यसअघि नै गठन भइसकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकीकरण भए पनि आन्तरिक विवादका कारण सांगठनिक संरचनाहरू गठन हुन सकेका थिएनन् ।

बालुवाटारमा सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकाया, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मेवारी दिएको छ । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल, सचिव नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रदेश इन्चार्ज र जनवर्गीय संगठन इन्चार्जको नेतृत्व टुंग्याउँदा असहमति राखेका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको पछिल्लो निर्णयमा भने सहमति जनाएका छन् । संगठनात्मक संरचनामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच माथिल्लोदेखि तल्लो तहसम्मै भागबन्डा भएको छ । विभिन्न कमिटीमा फरक–फरक मापदण्डबाट एकता गरिएको छ ।


प्रकाशित : कार्तिक २६, २०७६ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×