कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एकताको मुख्य काम सकियो, पोलिटब्युरो गठन मात्र बाँकी

बबिता शर्मा

काठमाडौँ — नेकपाले पार्टी एकताको करिब १८ महिनापछि संगठनात्मक संरचना एकीकरणको मुख्य काम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय आयोगहरू, सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व तोकेसँगै पोलिटव्युरो गठनबाहेकको एकीकरण सकिएको हो ।

एकताको मुख्य काम सकियो, पोलिटब्युरो गठन मात्र बाँकी

केन्द्रीय समितिको एक तिहाइ संख्या पोलिटब्युरोमा रहने विधानमा व्यवस्था छ । केन्द्रीय समिति यसअघि नै गठन भइसकेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच ०७५ जेठ ३ मा एकीकरण भए पनि आन्तरिक विवादका कारण सांगठनिक संरचनाहरू गठन हुन सकेका थिएनन् ।


बालुवाटारमा सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकाया, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई जिम्मेवारी दिएको छ । त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल, सचिव नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


प्रदेश इन्चार्ज र जनवर्गीय संगठन इन्चार्जको नेतृत्व टुंग्याउँदा असहमति राखेका वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको पछिल्लो निर्णयमा भने सहमति जनाएका छन् । संगठनात्मक संरचनामा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच माथिल्लोदेखि तल्लो तहसम्मै भागबन्डा भएको छ । विभिन्न कमिटीमा फरक–फरक मापदण्डबाट एकता गरिएको छ ।



प्रकाशित : कार्तिक २६, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?