२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उम्मेदवारले लिए चुनाव चिह्न

कान्तिपुर संवाददाता

पोखरा — मंसिर १४ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले सोमबार चुनाव चिह्न प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारलाई किताब, शंख, गुलाफको फूल, क्यामेरा, कलम, आँप, डोजर, माहुरी, टेबल र क्रिकेट ब्याट चिह्न प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि २१ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


चुनावी प्रतिस्पर्धामा ११ दल र १० स्वतन्त्र उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए ।


चुनाव चिह्न पाएसँगै उम्मेदवारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

प्रकाशित : कार्तिक २५, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?