३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजान जापान तयार

होम कार्की

काठमाडौँ — जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक गृहकार्य थालेको छ । यसअघि जापानले नर्सिङ क्षेत्रमा मात्रै छुट्टाएको थियो ।

नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजान जापान तयार

नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गरेका छन् । ‘जापानले १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति छ । कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिनेछ, राजदूत साइगोले विष्टसमक्ष भने,‘कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिनेछ ।’


मन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने बताए । जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रको लागि भाषा परीक्षा भइरहेको राजदूतले जानकारी दिए ।


नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपनि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ ।

पहिलो लटमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ । यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?