अघोरी बाबाकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आफूलाई 'अघोरी बाबा' बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

अघोरी बाबाकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन् । युट्युबमा भाइरल बनेका अघोरी बाबासँग केही महिनाअघि बिहे गरेको भन्दै पाण्डेले युट्युबहरुमा अन्तर्वार्ता दिँदै आएकी थिइन् । पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए । अघोरी बाबा प्रहरी चौकी पुगेपछि युट्युबरको घुइँचो लागेको छ ।

प्रकाशित : कार्तिक २५, २०७६ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?