३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गृहमन्त्रीको भनाइ - सीमामा सुरक्षाकर्मी र पोस्ट बढाइने

कुटनीतिक र राजनीतिक रुपमा वार्ता गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन
ऋषिराम पौड्याल

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले भारत र चीनको सीमामा सुरक्षा पोस्ट र सुरक्षाकर्मी बढाइने बताएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले राखेका जनचासोको विषयको उत्तर दिँदै अहिले दुवै देशतिरको सीमानामा सुरक्षाकर्मी र पोस्ट कमी भएको बताए । 

गृहमन्त्रीको भनाइ - सीमामा सुरक्षाकर्मी र पोस्ट बढाइने

उनले यस विषयमा पहिलादेखि नै छलफल भएको भएपनि कालापानीको विषय आएपछि झन् दबाब बढेको बताए । उनले भने, 'हाम्रो सीमा/नाकामा सुरक्षाकर्मीहरु कम छन्। पोस्ट पनि कम छन् । अब चाँडै नै दुवै कुरा थपिन्छ ।' समिति सदस्यहरुले सीमा सुरक्षा पोस्ट पनि सिमाना भन्दा निकै पर रहेको बताएका थिए । यसको जवाफमा गृहमन्त्री थापाले भने, 'अहिले पोस्टहरु नै २०/३० किलोमिटर टाढा छन् । अब नजिक लैजानुपर्छ ।'


सोमबार बसेको समिति बैठकमा कालापानीको विषयमा सांसदहरुले कुरा उठाएका थिए । यसमा सरकारले तत्काल कदम चाल्न आग्रह गरेका थिए । समिति सभापति शशी श्रेष्ठले सबै सांसदहरुसँग छलफल गरेर सरकारलाई तत्काल राजनीतिक र कुटनीतिक रुपमा वार्ता गर्न निर्देशन दिएकी छन् । उनले सीमा स्तम्भलाई समेत व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएकी छन् । उनले निर्देशन दिँदै भनेकी छन्, 'काली नदी पूर्व नेपाल र पश्चिम भारत भनिएको छ । त्यसो होइन । काली नदी नै सीमाना हो । दुवै देशको आधाआधा काली नदी हो। यसैलाई स्थापित गर्नुपर्छ ।'

प्रकाशित : कार्तिक २५, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?