कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

बबिता शर्मा

काठमाडौँ — नेकपाकाे सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवासमा सुरु भएको सचिवालय बैठकले पार्टी एकताका बाँकी रहेको काम टुंग्याउने बारे ठोस निर्णय गर्ने स्रोतले बताएको छ ।

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका बारे पनि चर्चा हुनसक्ने आंकलन गरिएको छ ।

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएकामा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दैउनले आपत्ति जनाएका थिए ।

प्रकाशित : कार्तिक २५, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?