२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सीमा मिचेको विरोधमा प्रदर्शन

कान्तिपुर संवाददाता

लमजुङ — भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपाली भूभाग आफ्नो नक्सामा पारेको विरोधमा बेंसीसहरमा आइतबार विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सीमा मिचेको विरोधमा प्रदर्शन

‘गो ब्याक इन्डिया’ लेखेको कालो ब्यानर लिएर उनीहरूले प्रदर्शन गरेका हुन् । कालोपट्टी बाँधेका युवा विद्यार्थीको जुलुसले भारतविरोधी नारा लगाउँदै बेंसीसहर परिक्रमा गर्‍यो ।


लमजुङका दुई स्थानीय तहले पनि विज्ञप्ति निकालेर भारतीय क्रियाकलापको विरोध गरेका छन् । बेंसीसहर र राइनास नगरपालिकाले विज्ञप्ति निकालेर नेपाली भूमि भारतीय नक्सामा पारेकोमा आपत्ति जनाएका छन् ।


कालापानी र लिपुलेक जस्ता भूभाग नेपालको हो भन्ने यथेष्ट प्रमाण हुँदाहुँदै भारतको गतिविधिविरुद्ध नगरवासीलाई सचेततापूर्वक खबरदारी गर्न बेंसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।


ऐतिहासिक दस्तावेज र तथ्य प्रमााणका आधारमा कूटनीतिक माध्यमबाट समाधान खोज्न उनले नेपाल सरकारसँग माग गरेका छन् ।


राइनास नगरप्रमुख सिंहबहादुर थापाले आफ्नो भूभागको रक्षा र राष्ट्रियताको विषयमा संवेदनशील भएर कूटनीतिक ढंगले पहल गर्न ढिलाइ गर्न नहुने उल्लेख गरेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?