३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

चार बालक ७ दिनदेखि बेपत्ता

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज–२० मनिकापुर थपुवाका चार बालक सात दिनदेखि बेपत्ता छन् । मनिकापुर थपुवाका १५ वर्षीय दिनेश बुढा क्षेत्री, दिनेश बुढा, १३ वर्षीय रमेश अधिकारी र १२ वर्षीय महेश बुढा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कात्तिक १७ गते बेलुकी ८ बजे खाना खाएर घरबाट निस्केका उनीहरू आइतबारसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनीहरू चारैजना सँगै खेल्ने र धेरै मिल्ने साथी हुन् ।


सधैं सँगै खेल्ने र राति सुत्ने समयमा घरमा जाने गरेको भए पनि त्यस दिनदेखि सम्पर्कमा नआएको दिनेश बुढा क्षेत्रीकी आमा गंगाले बताइन् । ‘सबै टोल, खेतबारी, जंगल, जताततै खोजियो,’ उनले भनिन्, ‘कतै पनि भेटिएन । कसैको सम्पर्कमा छैनन् ।’


हराएका चारै बालकका आमाबुवाले खोजी गरिदिन जिल्लाका प्रहरी कार्यालय तथा विभिन्न संघसंस्थामा हुलियासहित निवेदन दिएका छन्।

प्रकाशित : कार्तिक २४, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?