१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एन–प्याब्सन सामाजिक सुरक्षा कोषमा सहभागी हुने

होम कार्की

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन)ले सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिबद्धता जनाएको छ ।

एन–प्याब्सन सामाजिक सुरक्षा कोषमा सहभागी हुने

एन-ब्याब्सन मातहतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सुरक्षाको लागि सरकारले ल्याएको कोषमा सहभागी हुने प्रतिबद्धता जनाएको हो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र एन–प्याब्सनका पदाधिकारीहरुबीचको बैठकमा एन प्याब्सनले यथासक्य छिटो सहभागी हुने बताएको छ ।


‘सामाजिक सुरक्षा कोष ऐच्छिक विषय होइन । यो अनिवार्य हो । सरकारले थप गरेको समयभित्रै सबै विद्यालय र शिक्षक कर्मचारी सूचीकरण हुन अनुरोध गर्दछु’, मन्त्री विष्टले बैठकमा भने,‘संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै निजी विद्यालयहरु समयसिमाभित्रै सहज सहभागी हुने अपेक्षा राख्दछु ।’


एन–प्याबसनका अध्यक्ष ऋतुराज सापकोटाले श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्ने बताए । ‘विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशील छौं । कोषमा सहभागी हुने विषयमा गम्भीर छौ’, उनले भने,‘निजी विद्यालयहरुले भोग्नुपरेका अन्य समस्यामा सरकारले पहल गरिदिने अपेक्षा राखेका छौं ।’

प्रकाशित : कार्तिक २४, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?