कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

विशेष परिस्थितिका कारण साधारणसभा स्थगित : ढकाल

कान्तिपुर संवाददाता

विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समिति संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकालले विशेष परिस्थितिका कारण महासंघको विशेष साधारणसभा स्थगित गरिएको बताएका छन् ।

देशको वर्तमान परिस्थितिमा निजी क्षेत्रका धेरै विषयहरु सम्बोधन नभइरहेको सन्दर्भमा महासंघको विधान संशोधनमा जाने/नजाने विषयमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा फरक मत आइरहेको उनले बताए । यो सन्दर्भमा निजी क्षेत्र एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकता महसुस गरी पक्ष-विपक्षमा जाँदा ठूलो नोक्सानी हुने र महासंघको भूमिका पनि कमजोर हुने देखिएकाले विशेष साधारणसभा स्थगन गर्नु परेको विधान समिति संयोजक ढकालको भनाइ थियो ।


कात्तिक २९ गते महासंघको विशेष साधारणसभा हुने तय भएको थियो । प्रत्यक्ष रुपमा अध्यक्षको निर्वाचन गराउनु पर्ने मागसहित जिल्लाका सदस्यहरुले आवाज उठाएपछि अघिल्लो साधारणसभाले महासंघका पूर्वअध्यक्ष ढकालको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको थियो ।


विधान संशोधन कार्यदल बैठकले महासंघको साख गिर्न नदिन र निजी क्षेत्रलाई एकताबद्ध रुपमा लैजाने निचोड निकाल्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको जनाइएको छ ।




प्रकाशित : कार्तिक २४, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?