सीमामा पुगेर विरोध प्रदर्शन

कान्तिपुर संवाददाता

बैतडी — भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमिसमेत समेटिएको विरोधमा शनिबार नेपाल–भारत सीमा जुलाघाटमा प्रदर्शन गरिएको छ ।

सीमामा पुगेर विरोध प्रदर्शन

तरुण दल र नेपाल विद्यार्थी संघ आबद्ध युवाहरूले सीमानाकामा विरोध प्रर्दशन गरेका हुन् ।

‘भारतीय बासिन्दाले समेत थाहा पाउने गरी सीमामै पुगेर विरोध जनाएका हौं,’ तरुण दलका जिल्ला उपाध्यक्ष महेश भट्टले भने ।

प्रकाशित : कार्तिक २३, २०७६ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?