तस्बिरमा हेर्नुहोस्, बालुवाटारमा नेताहरुको जमघट

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्समा नेपाली भू-भाग समावेश गरेपछि सबै दलहरुबीच सामूहिक धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति छ । 

प्रकाशित : कार्तिक २३, २०७६ १७:२३

प्रतिक्रिया
पठाउनुहोस्

नेपाली भू-भाग भारतले मिचेको विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् । 

प्रधानमन्त्री ओलीलेसाझा धारणा बनाउनका लागि सर्वदलीय बैठक बोलाएकोबालुवाटार स्रोतले बतायो।

बैठक सुरु हुनुअघि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग छुट्टै छलफल गरेका थिए।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गरिरहेका छन्।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु,सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन्।

प्रकाशित : कार्तिक २३, २०७६ १६:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT