कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अयोध्या मन्दिर फैसला : नेपाल-भारत सीमा बन्द

ठाकुरसिंह थारु

नेपालगन्ज — भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित भूमी रामलला (हिन्दु पक्ष) भएको फैसला गरेलगत्तै नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । भारतले बाँके र बर्दियासँग जोडिएको सीमा बन्द गरेको हो । 

अयोध्या मन्दिर फैसला : नेपाल-भारत सीमा बन्द

अदालतको फैसलालाई लिएर आपराधिक घटना घटाउन घुसपैठ हुनसक्ने भन्दै सुरक्षाका लागि सीमा बन्द गरिएको हो । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार शनिबार बिहानदेखि सीमा बन्द गरिएको तर कहिले खुल्नेबारे जानकारी नआएको बताए । ‘कुनै घटना भएन भने आजै साँझ खुल्न सक्छ । होइन भने फेरि बन्द हुनसक्छ,’ उनले भने ।

अयोध्या मन्दिरको फैसला हिन्दुको पक्षमा आएपछि बाँके र बर्दिया क्षेत्रमा तरंग ल्याएको छ । यहाँका हजारौ भक्तजन पूजाका लागि आयोध्यामा पुग्ने गरेका छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?