१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

२५ देशका पशुविज्ञ पोखरामा

कान्तिपुर संवाददाता

गण्डकी — नेपाल भेटनरी एसोसिएसनको आयोजनामा पोखरामा सस्टेनेबल एनिमल एग्रिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सुरु भएको छ । 

पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले आयोजित चारदिने सम्मेलनमा नेपालसहित अमेरिका, थाइल्यान्ड, चीन, भुटान, लाओस, भियतनाम, भारत, इन्डोनेसिया र अस्ट्रेलियालगायत २५ देशका विज्ञ सम्मेलनमा सहभागी छन् ।


साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल गरी घोषणापत्र जारी गर्ने कार्यक्रम छ । सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।




प्रकाशित : कार्तिक २३, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?