नेपालले भेटे उत्तर कोरियन नेतालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले शुक्रबार उत्तर कोरियाको संसदका उपप्रमुख तथा प्योङयाङ शहरका अध्यक्ष चो हुई रिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीसँग भेटवार्ता गरेका छन् ।

नेकपाका विदेश विभागका प्रमुख समेत रहेका नेपाललाई उनकै निवास कोटेश्वरमा कोरियाली टोलीले भेटेको हो ।

संयुक्त राष्ट्रसंघले आफ्ना सदस्यहरूलाई उत्तर कोरियाविरुद्ध नाकाबन्दी गर्ने प्रावधान अनुसार नेपालले उत्तर कोरियालीलाई आफ्नो भूमिमा कुनै पनि व्यापार गर्न दिएको छैन ।

नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चो र नेपालबीच दुई मुलुकबीचको हित र आपसी सद्भावको बारेमा कुराकानी भएको थियो ।

प्रकाशित : कार्तिक २२, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चन्द समूहका जिल्ला सदस्य पक्राउ

कान्तिपुर संवाददाता

गोरखा — प्रहरीले चन्द समूहका बाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । 

बाग्लुङको ढोरपाटन–६ घर भएका ३१ वर्षीय भण्डारीलाई शुक्रबार बिहान मझुवा देउरालीबाट नियन्त्रणमा लिइएको एसपी ओम अधिकारीले जानकारी दिए ।

उनलाई शुक्रबार नै सार्वजनिक हित विरुद्घको अपराधमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको उनले बताए ।

प्रहरीले मझुवा देउरालीबाट पक्राउ गरेको दाबी गरेपनि म्याग्दी प्रहरीले रिहा गरे लगत्तै भण्डारीलाई गोरखा पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित : कार्तिक २२, २०७६ १५:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT