कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपालले भेटे उत्तर कोरियन नेतालाई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले शुक्रबार उत्तर कोरियाको संसदका उपप्रमुख तथा प्योङयाङ शहरका अध्यक्ष चो हुई रिमको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीसँग भेटवार्ता गरेका छन् ।

नेपालले भेटे उत्तर कोरियन नेतालाई

नेकपाका विदेश विभागका प्रमुख समेत रहेका नेपाललाई उनकै निवास कोटेश्वरमा कोरियाली टोलीले भेटेको हो ।


संयुक्त राष्ट्रसंघले आफ्ना सदस्यहरूलाई उत्तर कोरियाविरुद्ध नाकाबन्दी गर्ने प्रावधान अनुसार नेपालले उत्तर कोरियालीलाई आफ्नो भूमिमा कुनै पनि व्यापार गर्न दिएको छैन ।


नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चो र नेपालबीच दुई मुलुकबीचको हित र आपसी सद्भावको बारेमा कुराकानी भएको थियो ।

प्रकाशित : कार्तिक २२, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?