आलमको सम्पत्ति छानबिन हुने

शिव पुरी

रौतहट — कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ । 

कर्तव्यज्यान लगायत तीनवटा कसुर आरोपमा प्रहरी हिरासतमा रहेका आलमलाई सम्पति शुद्धिकरण अनुसन्धान विभागले जिल्ला प्रहरी रौतहटलाई पत्र पठाइ तत्काल छुटी जाने भएमा विभागमा उपस्थित गराइदिन अनुरोध गरेको छ।

जिल्ला अदालतले धरौटी तारेखमा छाडे सम्पति छानबिनको दायरमा ल्याउन आलमलाई प्रहरीले पुन: पक्राउ गरि शुद्धिकरण विभाग पठाउने छ।

प्रहरीले जिल्ला अदालत गौरलाई बिहीबार पत्र पठाई कर्तव्य ज्यान लगायत मुद्दामा अदालतमा थुनछेक बहसको क्रममा रहेको मुद्दामा आलम छुटि जाने भएमा सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराउन अनुरोध गरेको छ।

सम्पत्ति शुद्धिकरण ऐन २०६४ को २१ (२) बमोजिम उनीमाथिसम्पती छानबिन हुने प्रहरीले जनायो। आलमविरुद्ध बिहीबारदेखि थुनछेक बहस चलिरहेको छ। बादी प्रतिबादीको बहस सकिएपछि मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्प मध्ये एउटा आदेश दिनेछ।

अदालतबाट आलम छुटि जाने भए पनि सम्पति शुद्धिकरणमा बुझाईने जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। ‘हामीलाई अदालतबाट छुटे लगत्तै शुद्धिकरण विभागमा पठाउने भन्ने आदेश भएको छ,’उनले भने,‘आलमलाई विभागकै अनुरोध अनुसार पठाउछौँ।’

प्रकाशित : कार्तिक २२, २०७६ १९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे छलफल गर्न डाके सर्वदलीय बैठक

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली भू-भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू-भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको छ ।

फाइल तस्बिर ।

‘सबैको धारणा एउटा भए पनि सबै मिलेर अब के गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले छलफल मार्फत अघि बढ्नको लागि सर्वदलीय बैठक बोलाउनु भएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कान्तिपुरसँग भने।

कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली क्षेत्रलाई मिच्दै निकालेको थियो। त्यसको तीन दिनमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’ भनेको छ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए।

कात्तिक २१ मा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए।

‘समस्याको समाधान कसरी गर्ने भन्नेबारेमा प्रधानमन्त्रीले बैठक डाकेका हुन्। भारतसँग द्वीपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्ने पनि बैंठकमा छलफल हुनेछ,’ अर्यालले भने।

प्रकाशित : कार्तिक २२, २०७६ १८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT