१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन हिरासतमा राख्न आदेश 

मातृका दाहाल

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन हिरासतमा राख्न आदेश 

शुक्रबार जिल्ला अदालत काठमडौंले हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

परिसरका डीएसपी होबिन्द्र बोगटीले अदालतको आदेशपछि आरोपीविरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने बताए ।


प्रहरीले उनीहरुलाई एक साता थुनामा राख्न अनुमति मागेको थियो । दुवै जना बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।


गत मंगलबार सर्वोच्च अदालतले रुप ज्योति र सुरुचीलाई पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो ।

प्रकाशित : कार्तिक २२, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?