आज हरिबोधनी एकादशी

कान्तिपुर संवाददाता

काठमाडौँ — भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी शुक्रबार मुलुकभर हरिबोधनी एकादशी मनाइँदै छ । गत असार शुक्ल एकादशीमा क्षीर समुद्रमा शयन गरेका भगवान् विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरेर यस दिन बिऊँझन्छन् भन्ने हिन्दुहरूको मान्यता छ ।

आज हरिबोधनी एकादशी

भगवान् विष्णु जागा भएको यस अवसरमा राजधानीमा स्वयम्भू पछाडिको इचंगु, गोदावरी जाने बाटोमा पर्ने विशंखु, फर्पिङको शेषनारायण र चाँगुस्थित चाँगुनारायणमा श्रद्धालु भक्तजनहरू गई पूजाअर्चना गर्ने गर्छन् ।


त्यहाँसम्म पुग्न नसक्ने भक्तजनहरू राजधानीको चिकंमुगलमा अट्कनारायण, ब्रह्मटोलमा बन्देनारायण र इचंगुनारायण जान्छन् ।


प्रकाशित : कार्तिक २२, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?