१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जेलमा सित्तैमा खान पाइन्छ भन्दै चोरी

हरि गौतम

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–२ का अन्दाजी २० वर्षीय राजु परियार प्रहरी हिरासतमा छन् । उनी विरुद्ध प्रहरीले चोरी डााका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ उनीमाथि मोबाइल पसल फोडेर नगद तथा मोबाइल सम्बन्धिका सामग्री चोरेको आरोप छ ।

जेलमा सित्तैमा खान पाइन्छ भन्दै चोरी

उनलाई कार्तिक १६ गते राति मुसीकोट नगरपालिका–१ त्रिवेणि चोकमा रहेको एक मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले पक्रेको हो । उनलाई प्रहरीले कार्तिक १८ गते पक्राउ गरेका थियो ।


प्रहरीले राजुलाई यसरी पहिलो पटक चोरी, डााका मुद्दा लगाएको होइन । यसअघि पनि उनले यही मुद्दामा जेल सजाय भुक्तान गरिसकेका थिए । २०७३ कार्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका राजु तीन वर्ष जेल सजाय भुक्तान गरेर भर्खरै बाहिर निस्केका हुन् ।


जेल सजाय भुक्तान गरेर निस्कने बित्तिकै उनी फेरि उही प्रकृतिको घटनामा समातिएका छन् । पसलका मालिकका अनुसार राजुले तीन थान मोबाइल, तीन वटा मोबाइलका ब्याट्री तथा ४ हजार ३ सय ८० बढी नगद चोरी गरेका थिए ।


एउटै मुद्दामा दुई पटक समातिएपछि प्रहरीले अनुसन्धान गर्दा राजुले खान, बस्नको लागि चोरी गरेको तथ्य फेला पारेको छ । जेलमा निःशुल्क खान पाइने भएकाले राजुले प्रहरीबाट पक्राउ पर्न चोरी गरेको प्रहरीले जनाएको छ । ‘अनुसन्धान गर्दै जाादा यस्तो तथ्य आयो,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भने, ‘यसले त खान सजिलो हुन्छ भनेर चोरी गरेको पत्ता लागेको छ ।’


राजुले जेलबाट निस्केपछि खान, बस्नको कुनै ठेगान नभएकाले पुनः जेल जान चोरी गरेको बयान दिएका छन् । प्रहरीका अनुसार राजुको बाबुको मृत्यु भएको र आमाले वास्ता नगरेपछि खान,बस्ने पाइने उद्देश्यले चोरी कार्यमा संलग्न भएका थिए ।


प्रहरीले पक्राउ गरोस् भनेर चोरी गरेर बजारमा नै घुमिरहेको सम्मको बयान राजुले दिएको डीएसपी खड्काले बताए ।

प्रकाशित : कार्तिक २१, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?