कास्की-२ मा २५ उम्मेदवार, ११ स्वतन्त्र

लालप्रसाद शर्मा

पोखरा — कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २५ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेकपाबाट विद्या भट्टराई अधिकारी, कांग्रेसका खेमराज पौडेललगायतले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी साझा पार्टीबाट रजनी केसी, विवेकशीलबाट जमुना शर्मा, समाजवादीबाट धर्मराज गुरुङले उम्मेदवारी दिए । 

कास्की-२ मा २५ उम्मेदवार, ११ स्वतन्त्र

देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, नेपाली कांग्रेस ((बिपी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ती पार्टीबाट पूर्णबहादुर राना, नेकपा मालेबाट टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गानाइजेशनबाट रियाज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गजेन्द्र संवो लिम्बु, राप्रपा संयुक्त गंगा मल्ल, राप्रपा रोमबहादुर भण्डारी, राष्ट्रिय नागरिक पार्टीका नवराज घले र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त विक्रम सिंह छन् ।


यसैगरी कमलजंग कुँवर, यज्ञप्रसाद पंगेनी, लक्ष्मीकुमारी भूजेल, सुनिल भुसाल, सुनिलबहादुर कोइराला, दीपक रेग्मी, उमनाथ गौतम, नवराज बास्तोला, पुरुषोत्तम खनाल र रनबहादुर दमैले स्वतन्त्रबाट उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट १३ जनाको उम्मेदवारी परेको थियो ।


तत्कालीन पर्यटनमन्त्री रविन्द्रप्रसाद अधिकारीको गत फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका कारण कास्की–२ प्रतिनिधिसभा सदस्य खाली भएपछि उपनिर्वाचन हुन लागेको हो । २०७४ को निर्वाचनमा अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

प्रकाशित : कार्तिक २१, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?