कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बलेरोको ठक्करबाट २ को मृत्यु

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्गको कावासोती नारायणगढ खण्डको फारममा बलेरोको ठक्करबाट २ युवकको मृत्यु भएको छ । 

बलेरोको ठक्करबाट २ को मृत्यु

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार नम्बर नखुलेको सेतो रंगको बलेरोले लु ४१ प २९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार पाल्पा पोखराथोकका २२ वर्षीय राजेश नेपाल र उनका एक साथीको उपचारको क्रममा मृत्यु भएको हो । राजेशका साथीको सनाखत हुन सकेको छैन ।


उनीहरुको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो ।


सनाखत नभएका व्यक्तिसँग मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड भेटिएको र त्यसका आधारमा अनुसन्धान थालेको प्रहरीको भनाई छ ।


फरार रहेको बलेरोका बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?