आलमविरुद्ध थुनछेक बहस सुरु

शिव पुरी

रौतहट — राजपुरफरदहवास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यान सहित तीनवटा कसुरमा  पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस सुरु भएको छ । 

ज्यान मार्ने उद्योग र विस्फोटन भण्डारनको मुद्दामा जिल्ला अदालत रौतहटमा थुनछेक बहस जारी छ ।

राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परि सरुअठाका त्रिलोकप्रता सिंह र ओसि अख्तरलाई जिउँदै चिम्नि भट्टामा हालेको र केही गम्भीर घाइते भएको भन्दै आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयको अभियोग पत्रमा बहस सुरु भएको हो ।

अदालतका श्रेस्तेदार गुणराज पराजुलीले आलममाथि लागेको अभियोगको थुनछेक बहस सुरु भएको बताए । आलम असोज २६ गते देखि प्रहरी हिरासतमा छन् ।

बम काण्डमा आलम, उनका भाइ महताब आलमलगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । भाइ महताब लगायत १० जना फरार छन् ।

घट्नापछि पीडित परिवारले आलम लगायत ५ जनामाथि किटानी जाहेरी दिएका थिए ।

बम विस्फोट घटनाको १२ वर्षपछि राजपुरको मुद्दा अदालत समक्ष अभियोग पत्र दर्ता भइ बहसको क्रममा पुगेको हो ।

अहिले जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कट्वालले बहस गर्दै छन् । आज सरकारी वकिलहरुले मात्र थुनछेक बहस गर्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्धको घरेलु खेल देशबाहिरै खेल्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभएको एसियाली फुटबल महासंघ (एएफसी) ले ठहर गरेपछि नेपालले घरेलु खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको हो ।

रंगशालामाआगामी मंसिर ३ गते नेपाल र कुवेतबीच फुटबल खेल तालिका थियो।२०७२ बैशाख १२ पछि दशरथ रंगशालामा पहिलोपल्ट खेल आयोजना हुँदै थियो। खेलको पूर्व तयारीअनुसार शुक्रबार रंगशालाको फ्लडलाइट परीक्षण पनि गरिएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभइसकेकोले कुवेतविरुद्धको खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको जनाएको छ । एएफसीका प्रतियोगिता समितिका देङ सिओ लोङले मंगलबार दिउँसो आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए । उनकै प्रतिवेदन अनुसार एन्फालाई नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा खेल्न एएफसीले निर्देशन दिएको हो ।

छनौट उक्त खेल नेपालले भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्नका लािग फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ।

यस्तै,समयमा नै रंगशाला पुनःनिर्माणहुननसकेको भन्दै क्षमायाचना मागेको छ।

प्रकाशित : कार्तिक २१, २०७६ १५:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT