कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आलमविरुद्ध थुनछेक बहस सुरु

शिव पुरी

रौतहट — राजपुरफरदहवास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यान सहित तीनवटा कसुरमा  पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस सुरु भएको छ । 

आलमविरुद्ध थुनछेक बहस सुरु

ज्यान मार्ने उद्योग र विस्फोटन भण्डारनको मुद्दामा जिल्ला अदालत रौतहटमा थुनछेक बहस जारी छ ।


राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परि सरुअठाका त्रिलोकप्रता सिंह र ओसि अख्तरलाई जिउँदै चिम्नि भट्टामा हालेको र केही गम्भीर घाइते भएको भन्दै आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयको अभियोग पत्रमा बहस सुरु भएको हो ।


अदालतका श्रेस्तेदार गुणराज पराजुलीले आलममाथि लागेको अभियोगको थुनछेक बहस सुरु भएको बताए । आलम असोज २६ गते देखि प्रहरी हिरासतमा छन् ।


बम काण्डमा आलम, उनका भाइ महताब आलमलगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । भाइ महताब लगायत १० जना फरार छन् ।


घट्नापछि पीडित परिवारले आलम लगायत ५ जनामाथि किटानी जाहेरी दिएका थिए ।


बम विस्फोट घटनाको १२ वर्षपछि राजपुरको मुद्दा अदालत समक्ष अभियोग पत्र दर्ता भइ बहसको क्रममा पुगेको हो ।


अहिले जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कट्वालले बहस गर्दै छन् । आज सरकारी वकिलहरुले मात्र थुनछेक बहस गर्ने जनाइएको छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?