कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रौतहट बम विस्फोट : आलमको बयान सकियो

शिव पुरी

रौतहट — पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन साबिक राजपुर फरदहवा गाविस-४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा कसुरमा  पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसितको बयान सकिएको छ । उनीसँग ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको मुद्दामा बयान लिएका हुन् । अब केहीबेरमा थुनछेक बहस सुरु हुने छ । 

रौतहट बम विस्फोट : आलमको बयान सकियो

राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रता सिंह र ओसी अख्तरलाई जिउँदै चिम्नि भट्टामा हालेको र केही सख्त घाइते भएको भन्दै आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैदसहित जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेपछि मंगलबारदेखि निरन्तर बयान लिइएको थियो ।


समय अभावले बयान नसकिएको अदालतका श्रेस्तदार गुणराज पराजुलीले आलमको बयान सकिएको बताए । ‘अब केहीबेरमा थुनछेक बहस सुरु हुन्छ,’ उनले भने, ‘आलममाथि तीनवटा आरोपमा बयान लिइएको थियो । यीनै मुद्दामा आलम असोज २६ गतेदिखी प्रहरी हिरासतमा छन् । आलममाथि लागेको आरोपको न्यायधीश दीपक ढकालले बयान लिएका थिए । उनले आलमको मुद्दाको थुनछेक आदेश गर्नेछन् । उनले घटनामा आलमको संलग्नताबारे प्रश्न सोधिएको स्रोतले जनायो ।


आलमलाई अदालतमा हाजिर गराउने क्रममा बाहिर समर्थकको ठूला भीड लागेको थियो । जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ । बम काण्डमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिबादी बनाइएको छ । भाइ महताब लगायत १० जना फरार छन् ।


घटना पछि पीडित परिवारले आलम लगायत ५ जनामाथि किटानी जाहेरी दिएका थिए । उनीहरु सबैलाई जिल्ला सरकारी वकिलको कार्यालय गौरले उसै बेला मुद्दा नचल्ने निर्णय गरी जिम्मामा छाडेको थियो । त्यस बेला अदालत समक्ष मुद्दा पुग्न पाएन् ।


घटनाको १२ वर्ष पछि सर्वोच्च अदालतको आदेशले राजपुर घटनाको पुनः अनुसन्धान गर्न आदेश भएपछि प्रहरीले थप अनुसन्धान गर्दा ६ जनाको संलग्नता भेट्टाएको हो । बम विस्फोट घटनाको १२ वर्ष पछि राजपुरको मुद्दा अदालत समक्ष अभियोग पत्र सहित पुगेको हो । पीडितवादीतर्फबाट बहसका लागि पूर्व महान्यायधिवक्ता डा.युवराज संग्रौलासहित अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की रौतहट आएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७६ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?