कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट, नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मनोनयन दर्ता

लालप्रसाद शर्मा

पोखरा — कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट, नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मनोनयन दर्ता


कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो । बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन ।


यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन् । यस्तै साझा पार्टीकी उम्मेद्वार रजनी केसीले पनि मनोनयन दर्ता गराएकी छिन् ।

प्रकाशित : कार्तिक २१, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?