२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाललाई भारतको नयाँ नक्सा अमान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

नेपाललाई भारतको नयाँ नक्सा अमान्य

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेको छ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ ।


विज्ञप्तिमा भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’


मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ ।


सञ्चार माध्यमहरुमा नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेको विषयलाई लिएर विरोध हुँदै आएको छ ।


प्रकाशित : कार्तिक २०, २०७६ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?