कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खेत जोत्ने क्रममा ६९ वटा बम फेला 

वसन्तप्रताप सिंह

बझाङ — एक किसानको खेतमा लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा बम फेला परेको छ । बुंगल नगरपालिका–६ दान्तोली खौलामा ६९ वटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । 

खेत जोत्ने क्रममा ६९ वटा बम फेला 

बुंगल–६ का देउमल धामीको खेतमा ठुलो प्लाष्टिकको ड्रममा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको थियो । ड्रममा सकेट बम सँगै १२५ ग्राम विष्फोटक पदार्थ नेपोलो सुपरफाइन नाम गरेको पाउडर समेत फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए ।


मंगलबार साँझ हलो जोत्ने क्रममा हलोको टुप्पो ड्रममा अडकिएपछि किसानहरुले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए । बम भएको स्थानलाई प्रहरीले मंगलबारदेखि नै पहरा दिएर राखेको थियो ।


बुधबार सदरमुकाम चैनपुरबाट गएको नेपाली सेनाको संग्राम सार्दुल गुल्मको बम डिस्पोजल टोलीले सबै बमलाई निस्क्रिय बनाएको डीएसपी बमले बताए । ‘फेला परेको बम अहिलेको नभएर द्वन्द्वकालमा लुकाएर राखेको जस्तो देखिन्छ’ उनले भने, ‘खिया लागेको अवस्थामा भेटिएकोले द्वन्द्वकाल मै लुकाएको हो अनुमान गर्न सकिन्छ ।’

प्रकाशित : कार्तिक २०, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?