१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मेलम्ची सम्पन्न हुने मिति चाँडै नै तोक्छौं : मन्त्री मगर   

अनिश तिवारी

सिन्धुपाल्चोक — खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति अब चाँडै तोक्ने बताएकी छिन् । मेलम्ची सम्पन्न गर्नको लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेको सुनाउँदै उनले आयोजनाको समय थपिँदै जानुले राम्रो सन्देश नगएकोले मेलम्चीलाई तीव्रताका साथ लैजाने प्रतिबद्धता गरिन् ।

मेलम्ची सम्पन्न हुने मिति चाँडै नै तोक्छौं : मन्त्री मगर   

‘सिएमसीपछि जुन अवस्था मेलम्चीको आएको छ,त्यो खेदपूर्ण छ, अबको टिमले राम्रोसँग उत्साहजनक रुपले काम गर्नेछ,’ बुधबार मन्त्री मगरले मेलम्ची नगरको खानेपानी साइट कार्यालयमा सञ्चारकर्मीसँगको भेटमा भनिन् । मन्त्रालयको टिमले यसबारे गहिरो अनुसन्धान गरेर कामलाई अगाडि बढाइरहेको उनले स्थानीयमाझ सुनाइन् ।


उनकाअनुसार स्थानीयको रोयल्टीदेखि स्थानीय कामदारको पारिश्रमिकबारे एउटा समिति बनिसकेको छ । ‘त्यसबारे आवश्यक छानबिन गरिरहेका छौं, आयोजना सम्पन्न गर्ने मिति चाडै तोक्छौं, निचोड निकाल्छौं,’उनले भनिन् । मन्त्रालयको टोली,आयोजनाका प्रतिनिधिसँगै हेलम्बु गाउँपालिकाको अम्बाथान्स्थित खानेपानीको मुहानस्थल, हेर्डवक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले आगमी योजना प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ ।


नौ महिनाअघि ठेक्का तोडेर इटालियन कम्पनी सिएमसी आफ्नै देश फर्केपछि अन्योलमा परेको थियो । सिनो हाइड्रोले ठेक्का पाएसँगै आहिले आयोजनामा टनेल, पर्खाललगायतको काम सुरु भइसकेको छ । यसअघि श्रेष्ठ कन्स्ट्रक्सनले खोलासँग जोड्ने पर्खालको संरचना बनाइसकेको छ ।


पारिश्रमिक नपाए आन्दोलन

सिएमसीसँग सरकारले लिएको चार अर्ब धरौटी जफतभित्रबाट पाउनुपर्ने पारिश्रमिक नपाएमा पुनः आन्दोलनमा उत्रिने पीडित व्यवसायीले चेतावनी दिएका छन् । दुई महिनाभित्रै पारिश्रमिक दिने आश्वासन दिइएपनि आयोजनाले वेवास्ता गर्दै आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । ‘सामान्य कामदारको मात्रै आठ करोड ७४ लाख रुपैयाँ पाएका छैनन्, भने फर्मवाला ठेकेदारको १६ करोड ५० लाख बराबरको रकम डुबेको छ,’ मेलम्ची खानेपानी आयोजना पीडित उत्तरकुमार श्रेष्ठले भने ।


४६ दिनभित्र दैनिक १७ करोड लिटर पानी राजधानी लैजाने आयोजनाको लक्ष्य पुरा नभएसँगै निर्माणमा संलग्न नेपाली कामदार, ठेकेदारले तलबभत्ता र सञ्चयकोषबापत १ अर्ब ६८ करोड भुक्तानी पाएका छैनन् । पीडित व्यवसायीले प्रधानमन्त्री, खानेपानी मन्त्रालयदेखि मेलम्ची खानेपानी आयोजना र स्थानीय सरकारलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन् ।




प्रकाशित : कार्तिक २०, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?