कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अदालतमा अहिले आलमसँग बयान लिइँदै   

शिव पुरी

रौतहट — पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्या योजनाकार रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बयानका लागी दोश्रो दिन बुधबार अदालतमा उपस्थित गराइएको छ । 

अदालतमा अहिले आलमसँग बयान लिइँदै   

मंगलबार बयान नसकिएपछि उनलाई पुनः बयानका लागि ल्याइएको हो । प्रहरीले कडा सुरक्षाबीच उनलाई जिल्ला अदालत भित्र प्रवेश गराएको छ । अहिले उनीसँग बयान लिने क्रम जारी छ ।

आलममाथि कर्तव्यज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थ भण्डारनको अभियोग लगाएर जन्मकैद सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोगपत्र दर्ता गराएपछि आलमसँग दोश्रो दिन पनि अदालतमा बयान लिईएको हो । मंगलबार बयान सक्ने भनिए पनि प्राविधिक कारणले ढिला भएको अदालतले जनाएको थियो ।


आज बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले बताए । गएको असोज २६ गते देखी आलम प्रहरी हिरासतमा छन् । उनलाई जिल्ला अदालतका न्यायाधीश दिपक ढकालले बयान लिइरहेका छन् । आलमलाई प्रहरी हिरासतमा रहँदा प्रहरीको व्यवहार बारे पनि प्रश्न सोधिएको थियो । उनको स्वास्थ्य अवस्था बारे न्यायाधीश ढकालले सोधेका थिए । समय अभावका कारण बमबिस्फोट घटना बारे अदालतले आलमसँग हिजो केही सोध्न पाएको छैन ।

जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ । संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बमबिस्फोटको घट्नामा आलमविरुद्ध तिनवटा कसुरमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो ।


बमबिस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसि अख्तरलाई घाईते अवस्थामा लगेर जिउँदै चिम्निभट्टामा हालेर मारेको आरोपमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । भाइ महताब लगायत १० जना फरार छन् ।


घटनापछि पीडित परिवारले आलम लगायत ५ जना माथि किटानी जाहेरी दिएका थिए । उनीहरु सबैलाई जिल्ला सरकारी वकिलको कार्यालय गौरले उसै बेला मुद्दा नचल्ने निर्णय गरी जिम्मामा छाडेको थियो । त्यसबेला अदालत समक्ष मुद्दा पुग्न पाएको थिएन ।


घटनाको १२ वर्ष पछि सर्वोच्च अदालतको आदेशले राजपुर घट्नाको पुनः अनुसन्धान गर्न आदेश भए पछि प्रहरीले थप अनुसन्धान गर्दा ६ जनाको संलग्नता भेट्टाएको हो । बम बिस्फोट घटनाको १२ वर्ष पछि राजपुरको मुद्दा अदालतमा अभियोगपत्रसहित पुगेको हो ।


प्रकाशित : कार्तिक २०, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?