कार दुर्घटनामा मृत्यु हुने तीनै जना एकै परिवारका [अपडेट]

वीरेन्द्र केसी

अर्घाखाँची — रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको बा १७ च ६९१७ नम्बरको रातो प्लेटको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया दुर्गादेवी खड्का, उनका ४३ वर्षीय छोरा भक्तबहादुर र ३९ वर्षीय छोरा तिलबहादुर रहेका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

कार दुर्घटनामा मृत्यु हुने तीनै जना एकै परिवारका [अपडेट]

चालक ४९ वर्षीय गंगाबहादुर खड्का र २५ वर्षीय विनोद खड्का सख्त घाइते भएका छन् । उनीहरुलाई बुटवल लगिएको छ । गंगाबहादुर पनि दुर्गादेवीकै छोरा र विनोद नाति हुन् । उनीहरु पुरानो घर पाणिनि गाउँपालिका–८ पालीतर्फ आउँदै थिए ।


केही वर्षअघि उनीहरु पालीबाट बसाइँसराई गरेर मुर्गिया गएका थिए । पारिवारिक कामले एउटै गाडीमा आउँदै गर्दा दुर्घटना भएको हो । सडक छेउबाट गुडेको कार ब्रेक लगाउँदा खसेको हुनसक्ने अनुमान गरिएको छ ।

.................

रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ । चालक र एक यात्रु घाइते छन् ।


बा१७च ६९१७ नम्बरको रातो प्लेटको कार सडकबाट एक सय मिटर तल खस्दा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । घाइतेलाई बुटवल पठाइएको छ । कार सडकको छेउबाट गुडेको र ब्रेक लगाउँदा खसेको हुनसक्ने उनले बताए ।


प्रकाशित : कार्तिक २०, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?