१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साइप्रसबाट डेढ वर्षपछि अवशेष

कान्तिपुर संवाददाता

काठमाडौँ — साइप्रसमा सेनाका क्याप्टेनद्वारा मारिएकी काठमाडौंकी ३० वर्षीया अस्मिता खड्का विष्टको अवशेष डेढ वर्षपछि शनिबार नेपाल ल्याइएको छ । उनको शवको अवशेष गत अप्रिल २८ मा ओरान्दा भन्ने स्थानमा भेटिएको साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयले जनाएको छ । उनी ९ जुलाई २०१८ बाट हराएकी थिइन् । 

अवशेषलाई हिन्दु धर्मअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । ‘अस्मिताको कोठामा भएका सरसामानसँग डीएनए परीक्षण गर्दा मिलेपछि अवशेष पहिचान भएको हो,’ साइप्रसस्थित नेपाली अवैतनिक दूतको कार्यालयमा कार्यरत सुमन मल्लले भने, ‘उहाँको शवको केही भाग मात्रै बाँकी थियो । प्रहरीले अनुसन्धान सकेपछि अन्तिम संस्कारका लागि पठाइएको हो ।’ विष्टको हत्या गर्ने सेनाका क्याप्टेन निकोस मेटाक्सासलाई आजीवन कारावासको सजाय भएको छ । निकोसले अस्मितासहित पाँच महिला र दुई बालिकाको शृंखलाबद्ध रूपमा हत्या गरेको स्वीकार गरेका थिए । अदालतले सात जनाको हत्यामा निकोसलाई कुल १ सय ५० वर्षको जेल सजाय हुने फैसला गरेको छ ।


निकोसले १ नेपाली, १ रोमानिया र ३ फिलिपिनो गरी ५ विदेशी महिला र २ बालिकाको हत्या गरेका थिए । प्रहरीले ६८ दिन लामो अनुसन्धानपछि उनलाई अदालतमा पेस गरेको थियो ।


प्रकाशित : कार्तिक २०, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?