यसो भन्छन् रौतहट विस्फोटका साक्षी

कृष्ण ज्ञवाली, शिव पुरी

(काठमाडौं) र (रौतहट) — रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् । 

  • साक्षी १
बम विस्फोटबारे गाउालेबाट गाइागुइा सुनेको थिएा । घटनाको भोलिपल्ट इाटाभट्टा पुगेका बेला भाइलाई सोधें । उसले चुपचाप काम गर्ने, अरु कुरा हाम्रो चासोको विषय होइन भनेर जवाफ दियो । भाइसागै बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया थिए । उनीहरुले मुखामुख गरे तर केही बोलेनन् । इाटा बोकेर म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रुपमा गहुाको भुसा छरपस्ट देखें । त्यसपछि फेरि भाइलाई सोधें । उसले अचानक विस्फोट हुादा ठूलो मानवीय क्षति भएको बतायो । त्यसमा केही मानिसको मृत्यु र केही सख्त घाइते भएको पनि सुनायो । घाइते भएकालाई राति ट्र्याक्टरमा लोड गरी आफताब आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायतले इाटा पकाउने भुङ्ग्रोमा हालेका थिए रे ।

  • साक्षी २
बद्री सहनी आलमका छिमेकीको राजा इाटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इाटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए ।

  • साक्षी ३
म मस्त निद्रामा थिएा । ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले मध्यरातमा ब्युाझिएा । उठेर हेर्दा मसागै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखें । ट्र्याक्टरमा जुटको बोरा देखें । आलमको टोलीले मलाई ठूलो स्वरमा गाली गर्दै भाग् भन्यो । बोराभित्र रहेका मानिसलाई पालैपालो निकाल्दै इाटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । केही बोराको पोको चलमलाएको देखिन्थ्यो । करिब ३ घण्टापछि सबै जना गाउा फर्के ।


  • साक्षी ४
आलम दलबलसहित मेरो घरमा आएका थिए । उनीहरुले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन भने । मैले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिएा । त्यहाा गाईबस्तुले खाने भुस राख्यौं । पुराना घरबाट माकुराको जालो ल्याएर छानोमा लगायौं ।

  • घाइते
मेरा कान, घााटी र छातीमा छर्रा लागेको थियो । अरु घाइतेलाई मार्न थालेपछि ज्यान जोगाउन म सकिनसकी भाग्दाभाग्दै बेहोस भएछु । होस आउादा भारत सीतामढी सदर अस्पतालमा थिएा । त्यतिबेला मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घााटी, छातीमा पट्टी बााधिएको थियो ।

आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् । स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् । घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ । घटना लुकाउन क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो ।

जिल्ला अदालत रौतहटबाट कान्तिपुरलाई प्राप्त मिसिलको प्रतिलिपिअनुसार त्यतिबेला इँटाभट्टामा काम गरेका पहिलो साक्षी (सुरक्षाका कारण सबैको नाम गोप्य राखिएको) ले घटनाको भोलिपल्ट इँटाभट्टा गएको स्विकारेका
छन् । उनले बम विस्फोट भएकोबारे गाइँगुइँ सुनेकाले उद्योगमा पुगेर भाइलाई घटनाबारे सोधेका थिए । उनले भाइबाट ‘चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन’ भन्ने जवाफ पाए ।

उनको भाइको साथमा रहेका बद्री सहनी, मुक्ति साह र कृष्ण मुखियाले मुखामुख गरेका थिए तर केही बोलेनन् । प्रहरीले सहनी र साहमाथि ज्युँदा मान्छेलाई बोरामा पोको पारेर भट्टामा हालेको आरोपसमेत लगाएको छ ।

पहिलो साक्षीको बयानअनुसार इँटा बोकी म्यान (इँटा पोल्ने ठाउँ) नजिक पुग्दा अस्वाभाविक रूपमा गहुँको भुसा छरपस्ट देखेपछि उनले फेरि भाइलाई जिज्ञासा राखेका थिए । जवाफमा भाइले घटनाको अवस्था बताउँदै अचानक विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको बताएका थिए । उनका अनुसार केही मानिसको मृत्यु भएको थियो भने केही सख्त घाइते थिए । घाइते भएकालाई २७ गते राति ट्र्याक्टरमा लोड गरी आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायत हिन्दी भाषा बोल्ने नचिनिएका अन्य ३/४ जनासमेतले इँटा पकाउने भुङ्ग्रोमा जिउँदै पालैपालो हालेका थिए । ती साक्षीले करिब दुई साताअघि मात्रै प्रहरीलाई थप विवरण बुझाएका हुन् । त्रासका कारण उनी प्रहरी संरक्षणमा छन् ।

बद्री सहनी आलमका छिमेकीको राजा इँटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इँटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए । रातको साढे १२ देखि १ बजेको अवधिमा उनीहरूलाई इँटाभट्टामा पोलिएको अनुसन्धानबाट खुलेको छ । दोस्रो साक्षीले बद्रीलाई समेत घटनामा संलग्न भएको भनी बयान दिएका छन् ।

इँटाभट्टामै काम गर्ने तेस्रो साक्षी घटना भएको रात मस्त निद्रामा थिए । मध्यरातमा ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले उनी जागे । उठेर हेर्दा सँगै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखे । उनले ट्र्याक्टरमा जुटको बोरा ल्याएको देखेको र आलमको टोलीले आफूलाई ठूलो स्वरमा गाली गरेर भाग्न आदेश दिएको बताएका छन् । उनका अनुसार बोरामा ल्याइएका मानिसलाई पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । ‘बोराको पोको चलमलाएको देखिन्थ्यो,’ उनले भनेका छन् । करिब ३ घण्टापछि सबै जना गाउँ फर्केका थिए । इन्सेकको प्रतिवेदनमा अर्का एक प्रत्यक्षदर्शीको भनाइ समावेश छ । उनको बयानबाट पनि घटनाको सिलसिला मिलेको देखिन्छ । अर्का साक्षी ओहिद मियाँका अनुसार घटना भएको दिन बिहान ६ बजे उनी आफ्नो गाउँको मस्जिदको चौतारामा बसिरहेका थिए । उनले आलमले मोटरसाइकल चलाएको, बीचमा ओसी अख्तर बसेको र पछाडि शेख सराज बसी नजिकैबाट पश्चिम लागेको बताएका थिए ।

प्रहरीले जुटाएको चौथो साक्षीले पूर्वमन्त्री शेख इद्रिसको भत्किएको घरगोठ मर्मत गरेका थिए, जसमा बम विस्फोट भएको थियो । उनका अनुसार १५/१६ जना घाइतेमध्ये केहीको कान थिएन भने केहीको टाउको क्षतविक्षत थियो । केहीको हातखुट्टामा गम्भीर चोट थियो । घटना गुपचुप बनाएको करिब एक सातापछि आलम दलबलसहित चौथो साक्षीको घर पुगेका थिए । उनीहरूले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन उनलाई आग्रह गरेका थिए । उनले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि चौथो साक्षीले अर्का एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिए । उनले बयानमा भनेका छन्, ‘भत्किएको घरगोठ मर्मत गरी गाईबस्तुले खाने भुस राखेर त्यसपछि अन्य पुराना घरबाट माकुराको जालो ल्याई छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरे/गराएको हुँ ।’

मानव अधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘घटनापछि गाईगोठमा पूर्वतिर नयाँ गारो लगाएको देखियो । घरको छानामा नयाँ र पुरानो खबटाले फेरि मर्मत गरेकाले गाह्रो र दिवाल चर्केको थियो । विस्फोटस्थलको जमिनमा भुस राखिएको छ ।’ आयोगले घटनास्थलसहित १० वटा घर हेर्दा प्रमाण नष्ट गरिएकाले विस्फोट भएका कुनै लक्षण, चिह्न र प्रमाण प्राप्त हुन नसकेको जनाएको थियो ।

घटनास्थलको अवलोकन गरेको मानव अधिकार आयोगको टोलीले जिल्लाका प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, सशस्त्र प्रहरीका रौतहट उपरीक्षक रामकृष्ण लामा, प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीले विस्फोटको आवाज नजिकबाट सुनेको थियो । विस्फोट नभएको भए त्यही दिन राति फायरिङ जुलुस निकाल्ने योजना रहेको र त्यसका लागि करिब ५० वटा मोटरसाइकल तम्तयार अवस्थामा रहेको खुल्यो । आलमले मतदानस्थल वरपर विस्फोट गराई नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएका थिए । तर अचानक विस्फोट भएपछि उनी प्रमाण लुकाउन सक्रिय भए । घटनास्थलमा कोही जान पाएन । घटनास्थलमा प्रहरी परिचालन गरियो । आयोगको टोलीलाई सशस्त्रले दिएको प्रतिक्रियामा भनिएको थियो, ‘रातभर गाउँ सर्च गर्दा पनि घटनास्थलमा कुनै प्रमाण फेला पार्न सकिएन ।’ तर घटना लुकाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय अधिकृतहरू एकमत रहेको पाइएको छ ।

घटनाका एक घाइते (जसलाई पाँचौं साक्षी भनिएको छ) को स्वास्थ्य जाँच प्रतिवेदनले उनी विस्फोटबाट घाइते भएको पुष्टि गरेको छ । त्यही समय भारतको मोतिहारीस्थित अस्पतालमा उपचार गरेको अर्को प्रमाणसमेत छ ।

अर्का एक घाइतेलाई पनि जिउँदै जलाउन तयारी अवस्थामा राखिएको थियो । उनले भागेर ज्यान जोगाए र पछि उनको उपचार भयो । अर्का घाइतेको भनाइमा विस्फोटबाट उनका दुवै कान, घाँटी र छातीमा बमको छर्रा लागेको थियो । अरू घाइतेलाई ज्युँदै मार्न थालेपछि ज्यान जोगाउन उनी सकिनसकी भागेका थिए । केही पर पुगेपछि उनी बेहोस भए । होस आउँदा भारत विहारको सीतामढी सदर अस्पतालमा आफूलाई पाएको उनले बताएका छन् । उनले भनेका छन्, ‘मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घाँटी, छातीमा पट्टी बाँधिएको थियो ।’

प्रहरीले करिब साढे २ सय जनाको बयान, प्राप्त प्रमाण र अनुसन्धानका क्रममा तयार भएको मिसिलको विवरण जिल्ला अदालतमा बुझाएको छ । करिब आठ सय पृष्ठभन्दा लामो आरोपपत्रसहितको प्रतिवेदनमा आलमले ‘पोलिग्राफ’ परीक्षणमा सामेल हुन इन्कार गरेको उल्लेख छ । जिल्ला अदालत रौतहटमा आलम लगायतको बयान सोमबार सुरु भइसकेको छ । बयानपछि आलमको ‘थुनेछक बहस’ हुनेछ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको स्वास्थ्य : चाहिएका बेला मात्रै डायलसिस

बिनु सुवेदी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलसिसपछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रोपटक गर्नुपरेको छैन । 

उपचारमा संलग्न चिकित्सकहरूले अहिले उनको स्वास्थ्य अवस्था ‘ठीकठाक’ रहेको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था स्थिर रहेकाले थप डायलसिस गरिएको छैन,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले भने । डा. शर्माका अनुसार प्रधानमन्त्रीको थप उपचार पद्धति कस्तो हुने भन्ने पनि टुंगो लागिसकेको छैन । ‘थप उपचारका विषयमा हामीबीच विस्तृतमा छलफल भइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले पनि तत्कालका लागि डायलसिस गर्दै अघि बढ्ने कुरा भएको जनाएको छ । ‘प्रधानमन्त्री ओलीलाई मैले मंगलबार साँझ भेटें । अहिले नियमितभन्दा पनि आवश्यक परेका बेला मात्रै डायलसिस गर्नुपर्ने सुझाव डाक्टरहरूले दिएका रहेछन्,’ नेकपाका एक स्थायी समिति सदस्यले भने ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यको नियमित ‘फलोअप’ गर्न डाक्टरहरूको निगरानी बढाइएको छ । ‘एक जना डाक्टर स्ट्यान्डबाई हुनुहुन्छ,’ प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ।

उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेकाले बालुवाटरमै डायलसिस मेसिन पनि तत्काल जडान गरिने छैन । ‘नियमित डायलसिस गर्नुपर्ने भए बालुवाटरमै मेसिन राख्ने कुरा भएको थियो । तर आवश्यक परेकाबेला अस्पतालमै जाने कुरा भएको छ,’ उनले भने ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली गत साता उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पताल गएका थिए । गत बुधबार र बिहीबार दुईपटक डायलसिस गरेर उनी निवास फर्किएका थिए । शुक्रबार दिनभर आराम गरेका ओली शनिबारदेखि सक्रिय भए । उनले शनिबार बिहान नेकपा सचिवालय बैठक बोलाएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । आइतबार मन्त्रिपरिषद् बैठकबीचबाटै अस्पताल पुगेर फोक्सोको एक्सरे गराएका थिए । ‘एक्सरे गर्दा फोक्सोको पानी सुकेको रिपोर्ट आएपछि आफ्नो स्वास्थ्यलाई लिएर उहाँ केही उत्साहित हुनुभएको छ,’ बालुवाटार स्रोतले भन्यो । त्यही रिपोर्ट र प्रधानमन्त्रीको स्वास्थ्य उपचारका अन्य रिपोर्ट पनि हेरेपछि डाक्टरले तत्कालका लागि आवश्यक परेका बेला मात्रै डायलसिस गरे पुग्ने निष्कर्ष निकालेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए । अहिले प्रधानमन्त्रीको उपचारमा संलग्न डाक्टरहरूले सिंगापुरमा उपचार गरेका डाक्टरहरूसँग पनि समन्वय गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT