सेनाले इतिहास स्मरण गराउने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली सेनाले अब नेपाल एकीकरणदेखिको इतिहासलाई स्मरण गराउने भएको छ । सेनाले जंगीअड्डास्थित प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकक्षमा मंगलबार ‘नेपाल एकीकरण मार्ग कार्यक्रम’ सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम आयोजना गरेको छ । 

सेनाले इतिहास स्मरण गराउने

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त कार्यक्रममा एकीकरण मार्ग कार्यक्रमसम्बन्धी हालसम्म भएका कार्यहरूको प्रगति र भावी योजनाको विषयमा प्रस्तुति गरिएको थियो ।


सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपालको इतिहासलाई स्मरण गराउनका लागि सेनाले अध्ययन गरी बाहिर ल्याउन लागिएको हो ।

एकीकरण मार्ग कार्यक्रमलाई व्यवस्थित ढंगले कार्यसम्पादन गर्ने उद्देश्यले तयार पारिएको ‘इतिहास संरक्षण एवं संवर्द्धन कार्यमा सेनाको सहभागितासम्बन्धी निर्देशिका–२०७६’ को समेत प्रस्तुति गरिएको सेनाले जनाएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?