कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भीरमह काढ्दा मृत्यु

आश गुरुङ

लमजुङ — दोर्दी गाउँपालिका–६ छोटेखोलामाथिको क्लेंचे भीरमा भीरमह काढ्दै गरेका एक महशिकारीको खसेर मृत्यु भएको छ । झुमस्वाँराका २६ वर्षीय गोरे भनिने गोपाल गुरुङ मंगलबार दिउँसो भीरबाट खसेको प्रहरीले जनाएको छ ।

भीरमह काढ्दा मृत्यु

मह काढ्दै गर्दा समात्दै गरेको डोरीबाट हात फुस्किँदा करिब १ सय मिटर तल खसेका थिए ।


गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार छोटेखोलादेखि करीब २ किलोमिटर माथि पर्ने क्लेंचे भीरमा १०/१२ जनाको टोली भीरमह काढ्न मंगलबार बिहानै गएका थिए ।


मह काढ्न प्रयोग हुने चोयाबाट निर्मित भर्‍याङे डोरी समात्ने क्रममा हात फुस्किएपछि खसेको र उद्दार गरी उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको उनले बताए । ‘३/४ वटा चाका निकालेर अर्को चाका निकाल्ने क्रममा डोरीमा समात्न खोजेका तर हात फुस्किएपछि खसेको भन्ने छ,’ उनले भने ।


गुरुङको शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । गोपालले ३ वर्षयता भीरमह काढ्दै आएका थिए । ग्रामीण भेगमा मह काढ्ने क्रममा सुरक्षाका लागि कुनै डोरी वा पेटी नबाँध्दा यस्ता घटना हुने सरोकारवालाले बताएका छन् ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?