३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बाघको आक्रमणबाट माउतेको मृत्यु

कान्तिपुर संवाददाता

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी एक जना माउतेको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट माउतेको मृत्यु

मंगलबार निकुञ्जको गैंडा मचाननजिक पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय निकुञ्जका माउते मंगरु थारुको ज्यान गएको हो ।


पछिल्लो समय निकुञ्जमा बाघको संख्या बढेसँगै आक्रमणमा परी मृत्यु हुनेको संख्या पनि बढेको छ । निकुञ्ज बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।


निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार मंगलबार दिउँसो हात्तीका लागि घाँस काटिरहेका माउतेमाथि बाघले एक्कासी आक्रमण गरेको थियो ।

प्रकाशित : कार्तिक १९, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?