३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आलमको बयान सुरु

शिव पुरी

रौतहट — कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमसित जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । 

आलमको बयान सुरु

झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकाले आलमको बयानमा ढिलाइ भएको थियो । मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको थियो । अहिले फेरी सुरु भएको छ ।


आलममाथि ३ वटा अभियोग लगाएर जन्म कैदको सजायसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराएपछि मंगलबार उनीसँग बयान लिन लागेको हो ।


जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले आलमसित बयान लिन सुरु गरेका हुन् । यसअघि उनले अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घट्ना नै नभएको बयान दिएका छन् । आलमले आफ्नो गिरफतारी असान्दर्भिक भएको भनेका छन् ।


जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कट्वालले ८ सय पृष्ठ लामो मिसिलको फोटो कपी गर्न समय लागेकोले बयान केही समयका लागि रोकिएको बताए । ‘अब बयान सुरु भएको छ,’आलम सित न्यायाधीश ढकालले बयान लिने क्रम जारी छ ।’


जिल्ला न्यायधिवक्ता कट्वालका अनुसार आज आलमको बयान सकिएपछि थुनछेकको बहस सम्भवतः हुँदैन होला । सदरमुकाम गौरमा ठूलो संख्यमा आलमका कार्यकर्ता जम्मा भएका छन् । कुनै अप्रिय घट्ना हुन नदिन अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?