१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फोटोकपीले आलमको बयान केही समय रोकियो 

शिव पुरी

रौतहट — कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसँग जिल्ला अदालतले बयान लिन सुरु गरे लगत्तै केहीसमयका लागि रोकिएको छ । 

फोटोकपीले आलमको बयान केही समय रोकियो 

झण्डै ८ सय पृष्ठ लामो अनुसन्धानको मिसिल फोटोकपी गर्न समय लागेकोले आलमको बयानमा ढिलाइ भएको हो । मिसिलको फोटोकपी अधुरो भएको भन्दै बयान केही समयका लागि रोकिएको हो ।

आलममाथि ३ वटा अभियोग लगाएर जन्मकैद मागसहित जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियोग पत्र दर्ता गराए पछि मंगलबार उनीसित बयान लिइएको हो । अनुसन्धानको क्रममा प्रहरी र सरकारी वकिलको कार्यालयमा आलमले घटना नै नभएको भन्दै बयान दिएका छन् । उनको इन्कारी बयान पछि प्रहरीले पोलिग्राफको तयारी गरेको थियो । तर आलमले मानेनन् । अदालतमा समयमै उपस्थित गराइए पनि मिसिल ठूलो भएकाले फोटोकपी मै समय धेरै लागेको जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवालले जनाए ।


‘बल्ल बयान सुरु भएको थियो,’ उनले भने, ‘बयान सकिएपछि सम्भवतः भ्याइयो भने आजै नभए भोलिबाट थुनछेक बहस हुने छ ।’ उनको बयान सुरु भएपछि मिसिलमा रहेको केही फोटोकपी गर्न छुटेकाले रोकिएको प्रहरीले जनायो । उनलाई अदालत लगिँदा कार्यकर्ताको बाहिर भीड लागेको थियो । सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले गौरको सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।


संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उद्योग र विस्फोटन भण्डारणको मुद्दामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो । त्यसपछि उनीमाथि अभियोग अनुसारको सजायको माग सहित ३९ पृष्ठ लामो अभियोग पत्र अदालतमा दर्ता भएको छ ।


उनलाई जिल्ला अदालतका न्यायधीश दिपक ढकालले बयान लिन सुरु गरेका छन् । राजपुर बम विस्फोटमा परी सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नीभट्टामा हालेर मारेको आलममाथि आरोप छ ।

प्रकाशित : कार्तिक १९, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?